दफा ५४९
वस्तुको विवरण

(१) बिक्री गरिने कुनै वस्तुको नाम, ब्राण्ड, टेडमार्क वा स्पेसिफिकेसनको विवरण करारमा उल्लेख भएकोमा सोही नाम, ब्राण्ड, टेडमार्क वा स्पेसिफिकेसन बमोजिमको वस्तु बिक्री गर्ने गरी करार भएको मानिनेछ ।
(२) बिक्री गरिने कुनै वस्तुको नाम, ब्राण्ड, टेडमार्क वा स्पेसिफिकेसनको विवरण र नमूना (स्याम्पल) समेत उल्लेख भएकोमा त्यस्तो वस्तुको थोक परिमाण नमूना बमोजिम मात्र नभई नाम, ब्राण्ड, टेडमार्क वा स्पेसिफिकेसनको विवरण बमोजिम नै हुनु पर्नेछ ।